You are viewing the translated version of बैङ्क खातामा रकम उपलब्ध गराउने.

Rule 23
बैङ्क खातामा रकम उपलब्ध गराउने
(१) ऐन तथा यस नियमावली बमोजिम पीडितलाई कोषबाट उपलब्ध गराइने अन्तरिम क्षतिपूर्ति, राहत रकम वा क्षतिपूर्ति बापतको रकम पीडितको बैङ्क खातामा जम्मा गर्ने गरी उपलब्ध गराइनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पीडितको बैङ्क खाता नभएको वा बैङ्क खातामा रकम उपलब्ध गराउँदा पीडितलाई असुविधा हुने भएमा कारण खोली पीडितलाई सिधै भुक्तानी हुने गरी रकम उपलब्ध गराउन बाधा पर्ने छैन।